आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

कांग्रेसको संसदीय दलको बैठक भोली

गोकर्णेश्वर खबर२ फाल्गुन २०७८, सोमबार १३:२५ मा प्रकाशित (२ साल अघि) १५६ पाठक संख्या

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।