आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

नेकपा (एमाले)को संसदीय दलको बैठक आज

गोकर्णेश्वर खबर२ फाल्गुन २०७८, सोमबार ०९:३५ मा प्रकाशित (२ साल अघि) ४०७ पाठक संख्या

२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । विशेषगरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको तयारी छ ।

एमालेका एक सांसदका अनुसार एमालेले पनि संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बारेमा निर्णय गर्न सक्नेछ ।