आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपालको जित

गोकर्णेश्वर खबर२९ माघ २०७८, शनिबार ०८:१४ मा प्रकाशित (२ साल अघि) ४७७ पाठक संख्या

२९ माघ, काठमाडौं । दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकीय पालिको सहयोगमा नेपालले शुक्रबार घरेलु टिम ओमानलाई छ विकेटले पराजित गरेको चारदेशीय अन्तर्राष्ट्रिय टि२० शृङखलामा विजयी सुरुआत गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिम ओमानले पहिले ब्याटिङ गरी निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३५ रन मात्र बनाएको जिथयो । नेपालले १९.३ ओभरमा चार विकेटको क्षतिमा १३७ रन बनाएर जित हात पार्यो । प्रशिक्षक पुबुदु दसनायकेको दोस्रो कार्यकालमा नेपालले पहिलो खेलमै सफलता प्राप्त गरेको हो ।

दिपेन्द्रले ५३ बलमा अविजित ७३ रनको पालि खेलेका छन् । उनको पालिमा आठ चौका र एक छक्का सामेल थियो । दिपेन्द्र म्यान अफ दि म्याच पनि बने । ओमानका लागि कप्तान जिसन मक्सुदले ४१ बलमा चार चौका र एक छककासहित सर्वाधिक ४३ रन बनाए । नेपालका लागि अविनाश बोहराले सर्वाधिक तीन विकेट लिनुभयो । सन्दीप लामिछाने, कमल सिंह ऐरी र आरिफ शेखले पनि एक एक विकेट लिए ।

आजको खेल खेलेर विवेक यादव र सागर ढकालले अन्तर्राष्ट्रिय टि२० मा पदार्पण गरेका छन् ।