आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

दोश्रो गोपाल स्मृति ब्याटमिन्टन प्रतियोगिता भोलीबाट शुरु हुँदै

गोकर्णेश्वर खबर२६ माघ २०७८, बुधबार २१:२१ मा प्रकाशित (२ साल अघि) ५८५ पाठक संख्या

२६ माघ, काठमाडौं । स्वर्गीय गोपाल श्रेष्ठको सम्झनामा दोश्रो गोपाल स्मृति ब्याटमिन्टन प्रतियोगिता भोलीबाट शुरु हुँदै छ । गोकर्णेश्वर युवा जागरण क्लबले आयोजना गरेको खेल भोली माघ २७ गतेबाट गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनी ब्याटमिन्टन कोर्टमा हुनेछ ।

दोश्रो गोपाल स्मृति ब्याटमिन्टन प्रतियोगितामा ३२ जना सहभागी हुने आयोजकले बताएका छन् । पहिलो चरणको खेल एक दिनमै सकिने क्लबका अध्यक्ष विकेश श्रेष्ठले बताएका छन् । खेलको टाईसिट सार्वजनिक भईसकेको आयोजकले बताएका छन् ।

गोकर्णेश्वर युवा जागरण क्लबले युवाहरुको विकास र खेलकुदको विकासका लागि स्थापना देखि नै विभिन्न प्रतियोगीताहरु सञ्चालन गर्दै आएको छ ।