आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

गोकर्णेश्वर खबर२६ माघ २०७८, बुधबार ०८:३२ मा प्रकाशित (२ साल अघि) ३४८ पाठक संख्या

२६ माघ, काठमाडौं । आज (बुधबार) बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा नै बुधबारका लागि तय भएको बैठक स्थगित भएको जनाईएको छ ।

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

कानुनमन्त्रीको टेलिफोनपछि सभामुख सापकोटाले संसद सचिवालयका महासचिवमार्फत मंगलबार राति नै भोलिको बैठक स्थगित भएको सूचना जारी गरेका हुन् ।

भोलि बस्ने भनिएको बैठकमा एमसीसी कार्यसूचीमा परेको थिएन ।

एमसिसी पारित गर्न फेब्रुअरी मसान्तसम्मको डेडलाइन पाएको देउवा सरकारका साझेदारहरुबीच नै यसबारे मतैक्य हुन नसक्दा सरकार अप्ठ्यारोमा परेको छ ।

एमसिसीको अन्यौल र प्रतिपक्षीको लगातारको अवरोधले लामो समयदेखि संसद बस्न सकेको छैन ।