आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

नील सरस्वती मन्दिर लाजिम्पाटमा सरस्वती पूजाको रौनक (फोटोफिचर)

गोकर्णेश्वर खबर२३ माघ २०७८, आईतवार ०९:४३ मा प्रकाशित (२ साल अघि) ५६० पाठक संख्या

२३ माघ, काठमाडौं । आज माघ शुल्क पञ्चमीको दिन सरस्वती पूजा विधिपूर्वक भईरहेको छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ ।

विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन् ।

यस अवसरमा लाजिम्पाटको नील सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ । यसवर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिँदै छ ।

हेर्नुहोस् नील सरस्वती मन्दिर लाजिम्पाटमा सरस्वती पूजाको रौनक तस्विरमा ।