आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

स्थानीय निर्वाचनका लागि १२ अर्ब रुपैयाँ खर्च लाग्ने आयोगको प्रस्ताव

गोकर्णेश्वर खबर१८ माघ २०७८, मंगलवार १७:२४ मा प्रकाशित (२ साल अघि) २१० पाठक संख्या

१८ माघ, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ ।

स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा ७५३ वटै स्थानीय तहका लागी करिब १२ अर्ब रुपैयाँ खर्च हुने बताएका हुन् । ०७४ सालमा तीन चरणमा निर्वाचन गर्दा ८ अर्बभन्दा बढी रकम खर्च भएको जनाउँदै आयोगले सबै पालिकामा निर्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा धेरै बजेट खर्च हुने आयोगको भनाइ छ ।

२०७४ को निर्वाचनपछि अहिले करिब २० लाख मतदाता थपिएका छन् । सोही अनुपातमा मतदान स्थल तथा मतदान केन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट वृद्धि हुने आयोगले जनाएको छ ।