आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

प्रधानमन्त्रीलाई वैशाखमै चुनाव गर्न राष्ट्रपतिको ‘दबाब’

गोकर्णेश्वर खबर१३ माघ २०७८, बिहीबार २०:०९ मा प्रकाशित (२ साल अघि) ९६ पाठक संख्या

१३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् ।

राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले, राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो, मैले यो सरकारले निर्णय गर्ने विषय हो, उपयुक्त निर्णय गर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले चुनावबारे सबैसँग सरसल्लाह भइरहेको राष्ट्रपतिलाई बताएका छन् । राष्ट्रपतिसँग प्रधानमन्त्रीले नेताहरुसँग सल्लाह गरेर निर्णय लिने बताएका छन् ।

निर्वाचन आयोगले वैशाखमै चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । तर, सत्ता गठबन्धनले भने स्थानीय चुनावलाई आगामी हिउँदमा सार्ने तयारी गरिरहेको छ ।