काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आजदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ । कोरोना संक्रमण तीब्र हुनथालेपछि यसको नियन्त्रणका लागि आज राती १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको हो ।
उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले गरेको यस्तो निर्णय सार्वजनिक र निजी सवारी साधनहरुमा लागू हुनेछ ।
यो निर्णय बमोजिम अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधनहरु मात्रै चलाउन पाइने छ । जोर बिजोर सवारी सञ्चालनको यो नयाँ निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।