आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

Breaking : सिटामोल लुकाउने फार्मेसीलाई १० हजार रुपैयाँ जरिवाना

गोकर्णेश्वर खबर५ माघ २०७८, बुधबार १९:२७ मा प्रकाशित (२ साल अघि) ३५२ पाठक संख्या

काठमाडौँ , वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिटामोल लुकाउने एक फार्मेसीलाई कारवाही गरेको छ ।

बजारमा अभाव भएको भन्दै बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने सातदोबाटोमा रहेको गोसाइंकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई विभागले १० हजार जरिवाना गरेको हो । केन्द्रमा विभागले छड्के कारवाही गरेको थियो । विभागको छड्के अनुगमनको क्रममा ग्राहकलाई सिटामोल छैन भनेका थिए ।

तर, गोदाममा भने सिटामोल भेटिएपछि कारवाही गरिएको छ । केही दिनयता ज्वरोका बिरामी बढेसँगै सिटामोलको माग उच्च भएको छ ।