आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

सत्ता गठबन्धनको बैठक आज

गोकर्णेश्वर खबर४ माघ २०७८, मंगलवार ०८:४८ मा प्रकाशित (२ साल अघि) ८८ पाठक संख्या

४ माघ, काठमाडौं । सत्तारूढ गठबन्धन दलहरूको बैठक मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको भेटमा यस्तो समझदारी बनेको हो ।

राष्ट्रिय सभा निर्वाचनको रणनीति, संसद् खुलाउने विषय तथा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि गरेको तयारीलगायतका विषयमा छलफल गर्ने उद्देश्यले गठबन्धनको बैठक बस्न लागेको हो ।

गठबन्धनको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको रणनीति, स्थानीय तहको निर्वाचन मिति घोषणालगायतका विषयमा छलफल हुने सम्भावना रहेको छ ।