२६ पुष, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले लिपुलेक लगाएतका क्षेत्रमा भारतले सडक निर्माण गरिरहेको भन्दै विरोध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) ले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताए पछि उनको अभिव्यक्तिको विरोध हुँदै आएको छ । तर, भारतले सडक निर्माण कार्य रोकेको छैन ।