आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

गोकर्णेश्वरका महिला स्वास्थ्य स्वयंसेविकाहरु सम्मानित, सुमित्रा बस्नेतलाई मरणोपरान्त सम्मान

गोकर्णेश्वर खबर८ पुष २०७८, बिहीबार १९:०७ मा प्रकाशित (२ साल अघि) २५६ पाठक संख्या

८ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगरका स्वास्थ्य संस्थाहरुमा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान तथा बिदाइ गरेको छ । गोकर्णेश्वर नगरपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दीर्घकालिन सेवाको सम्मान गर्दै सम्मान तथा बिदाई कार्यक्रम गरेको हो ।

आज एक कार्यक्रमका बीच २०४६ सालबाट महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्य गर्दै आईरहेका स्वयंसेविकाहरुलाइ नगद सहित दोसल्ला र सम्मानपत्रका साथ नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले सम्मान गरेका हुन् ।

नगरपालिकाले ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही रु ५० हजार नगदसहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको छ । यसैगरी, नगरपालिकाले सुमित्रा बस्नेतलाई  मरणोपरान्त सम्मान गरेको छ ।

सुमित्रा बस्नेतलाई मरणोपरान्त सम्मान

यसैगरी, गोकर्ण प्राथमिक अस्पतालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्य गरिरहेको अवस्थामा मृत्यु हुनु भएका सुमित्रा बस्नेतलाई नगरपालिकाले मरणोपरान्त सम्मान गरेको छ ।

नगरपालिकाले ३२ वर्ष स्वयंसेविकाको रुपमा पुर्याउनु भएको योगदानलाई कदर गर्दै मरणोपरान्त बस्नेतलाई रु ५० हजार नगद सहित, दोसल्ला र कदर पत्रले सम्मान गरेको छ । नगद, दोसल्ला तथा कदरपत्र बस्नेतका छोरा पत्रकार सरोज बस्नेतलाई हस्तान्तरण गरिएको थियो ।

मरणोपरान्त सम्मानित सुमित्रा बस्नेतको गत असोज १० गते स्वर्गारोहण भएको थियो ।