४ पुष, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ३५ जना सदस्यका लागि भएको पुरुष खुलातर्फको मतगणना सकिएको छ ।
मतगणनाको अन्तिम मतपरिणाम अनुसार पुरुष खुलातर्फको केन्द्रीय सदस्यमा युवा नेता गणेश लामा निर्वाचित भएका छन् । अहिले निर्वाचन समितिले आधिकारिक घोषणाको तयारी गरिरहेको छ ।
नेपाली कांग्रेसका प्रभावशाली युवा नेतासमेत रहेका लामालाई कांग्रेसको विभिन्न तहका अधिवेशन, वागमति प्रदेश सभाको अधिवेशन र केन्द्रीय महाधिवेशन पनि मतदाताले राम्रो रेस्पोन्स गरेका थिए ।
केन्द्रीय महाधिवेशनमा धेरै संख्यामा लामासँग फोटो खिचाउन चाहने कांग्रेसका शुभचिन्तक तथा मतदाताहरु रहेका थिए । जसले पार्टीमा लामाको लोकप्रियतालाई झल्काउँथ्यो ।