४ पुष, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । आधा बढी मत गनिसक्दासम्म ९९ जनामध्ये शीर्ष ३५ मा स्थान बनाउन सक्ने उम्मेदवारहरुको खाका प्रष्ट देखिन थालेको छ ।
शनिबार रातीसम्मको अपडेट अनुसार २३ सय ९३ मत गन्दा डा. कोइरालाको १९ सय ७१ मत रहेको छ । एनपी साउद दोस्रो तथा बालकृष्ण खाँड तेस्रो स्थानमा रहेका छन् । केन्द्रीय सदस्य खुलातर्फ ३५ जनाको लागि मतगणना भइरहेको हो । जसमा ९९ उम्मेदवार छन् ।
विभिन्न १३ वटा समूहमा मतगणना भइरहेको हो । आइतबार बिहानैदेखि मत गणना शुरु गर्ने जानकारी गराएको निर्वाचन समितिका अनुसार आज ३५ केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुको नाम आउनेछ ।
शनिबार रातिसम्मको मतगणनाको शीर्ष ४० को मतपरिणाम
१. डा शशांक कोइराला –१९७१
२. एनपी साउद–१५३८
३. बालकृष्ण खाँण –१५०७
४. रमेश लेखक–१४५१
५. उदय शमशेर राणा –१४४५
६. शंकर भण्डारी –१४३७
७. ज्ञानेन्द्रबहादुर कार्की–१४२३
८. रामहरि खतिवडा–१३९५
९. अर्जुननरसिंह केसी– १३८३
१०. गोपालमान श्रेष्ठ –१३२३
११. जिप छिरिङ्ग लामा–१३१२
१२. जीतजङ्ग बस्नेत–१२८३
१३. नैनसिंह महर–१२८३
१४. डा रामशरण महत–१२८१
१५. गोविन्द भट्टराई–१२७७
१६. सुनिलबहादुर थापा–१२४६
१७. बल बहादुर केसी–१२३३
१८. दिलेन्द्र प्रसाद बडू–१२३१
१९. मोहनबहादुर बस्नेत–१२०२
२०. दीपक गिरी–११७४
२१. सुरेन्द्रराज पाण्डे–११५१
२२. कुन्दनराज काफ्ले–११४३
२३. पद्मनारायण चौधरी–११३७
२४. गुरु बराल–१०३६
२५. सञ्जयकुमार गौतम–१००१
२६. गोविन्दराज पोखरेल–९६२
२७. गोपाल दहित–९३१
२८. राजीव ढुंगाना–९३५
२९. कृष्णकिशोर घिमिरे– ९२९
३०. दिनेश कोइराला –९२५
३१. वीरेन्द्रकुमार कनौडिया–९१९
३२. ई मोहन आचार्य–९१३
३३. अजयबाबु शिवाकोटी– ९०९
३४. मदनबहादुर अमात्य– ९०८
३५. उमेशजंग रायमाझी–८९१
३६. गणेश लामा–८८८
३७. मंगलप्रसाद थारु–८७१
३८. मनोजमणि आचार्य–८५४
३९. केदार कार्की–८१९
४०. यज्ञबहादुर थापा–८००