आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

पुष ४ गते देखि १८ गतेसम्म गोकर्णेश्वरमा मतदाता नामावलि संकलन

गोकर्णेश्वर खबर२ पुष २०७८, शुक्रबार २०:३५ मा प्रकाशित (२ साल अघि) ४७८ पाठक संख्या

२ पुस, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा पुष ४ गते देखि १८ गतेसम्म फोटोसहितको मतदाता नामावलि संकलन हुने भएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै सोको जानकारी दिएको छ ।

जारी गरिएको सूचना अनुसार पुष ४ गते वडा नं. १ मा, पुष ५ गते वडा नं. २ मा, पुष ६ गते वडा नं. ३ मा, पुष ७ गते वडा नं. ४ मा फोटोसहितको मतदाता नामावलि संकलन हुनेछ ।

यसैगरी पुष ८ र ९ गते वडा नं. ५ मा, पुष १० र ११ गते वडा नं. ६ मा, पुष १२ र १३ गते वडा नं. ७ मा, पुष १४ र १५ गते वडा नं. ८ मा, पुष १६ र १७ गते वडा नं. ९ मा फोटो सहितको मतदाता नामावलि संकलन हुनेछ ।

यसैगरी सबै वडामा छुटेकाहरुका लागी पुष १८ गते नामावलि संकलन हुनेछ ।

नगर प्रमुख सन्तोष चालिसेबाट जारी भएको सूचनामा नगरपालिकामा स्थायी ठेगाना भई पूर्व मतदाता नामावलिमा नाम छुटेका व्यक्तिहरुले नागरिकताको सक्कल प्रमाणपत्र र फोटोकपि, बसाईसराईको सक्कल र फोटोकपि तथा विवाह दर्ता प्रमाणपत्रको सक्कल र फोटोकपि सहितका कागजात सहित तोकिएको मितिमा स्वयं उपस्थित भई नामावलिमा नाम दर्ता गराउन भनिएको छ ।