आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

प्रचण्डबाट सर्वपक्षीय बैठक राख्न प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव

गोकर्णेश्वर खबर२ पुष २०७८, शुक्रबार १६:०८ मा प्रकाशित (२ साल अघि) ४४६ पाठक संख्या

१ पुष, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सर्वपक्षीय बैठक राख्न प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।
प्रचण्डले एमसीसीका विषयमा राजनीतिक दलहरु, नागरिक समाज, संचार क्षेत्र र सम्वन्धित विषय विज्ञसँग सर्वपक्षीय बैठक राख्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।

सो क्रममा प्रचण्डले राष्ट्रिय हितलाई केन्द्रमा राखेर एमसीसीका विषयमा निणर्य गर्नुपर्ने प्रधानमन्त्रीसँग भनेका छन् ।

भेटका क्रममा प्रचण्डले संसदमा जारी अतिरोधको अन्त्य गर्ने दिशामासमेत अघि बढ्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।