आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

ज्ञानेन्द्रसँगको ५ बुँदे सहमति प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

गोकर्णेश्वर खबर१ पुष २०७८, बिहीबार १०:१५ मा प्रकाशित (२ साल अघि) ४१७ पाठक संख्या

१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व राजा ज्ञानेन्द्रसँगको ५ बुँदे सहमति प्रमाणित गर्न चुनौति दिएका छन् । उनले प्रमाणित गर्न नसके जनतासँग माफी माग्न पनि दाहालको चुनौती छ ।

प्रचण्डले झूट, बेइमानी र धोकाको अर्को नाम ओली भएको आरोप पनि लगाएका छन् । बुधबार पार्टीका मनोनीत केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष दाहालबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको दाबी गरेका थिए ।

ओलीको दाबीको खण्डन गर्दै प्रचण्डले बिहीबार प्रेस वक्तव्य जारी गरेका छन् । प्रचण्डले ओलीको आरोप खण्डन गर्दै भनेका छन्, ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।’