१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज सुरु गरिंदै छ । निर्वाचन समितिका अनुसार आज बिहानदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको छ । कांग्रेसको विधान अनुसार निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने विधानमा व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।