१ पुस, काठमाडौं । नेपाली काँग्रेसका उपसभापतिका उम्मेदवार विजय गच्छदारले बुधबार साँझ भएको मत परिणामप्रति असहमति जनाएका छन् । गच्छदार पुनः मतगणना हुनुपर्ने मागसहितको निवेदन लिएर काँग्रेस केन्द्रीय कार्यालय जाने भएका छन् ।
शेखर कोइराला प्यानलका धनराज गुरुङसँग थोरै मतअन्तरले पराजित भएको मत परिणाम बाहिरिएसँगै गच्छदार पुनः मतगणनाको माग गदैं पार्टी कार्यालय सानेपा जाने भएका छन् ।