२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मत गणना शुरु भएको छ । पारम्भिक मत गणना अनुसार धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् ।
६ सय मत गणना हुँदा गुरुङले २५८ र खड्काले २४६ मत पाएका छन् ।
उपसभापतिकै अन्य उम्मेदवारमध्ये विजयकुमार गच्छदारले २४६, चन्द्र भण्डारीले २१५, सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्येश्वरी शाहले ६ मत पाएका छन्।