आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

मतगणना अपडेटः ३०३६ मत गन्दा देउवाको १८४४ मत

गोकर्णेश्वर खबर२९ मंसिर २०७८, बुधबार ०१:३८ मा प्रकाशित (२ साल अघि) २४७ पाठक संख्या

२९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापति तर्फको पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ ।

अहिलेसम्मको मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता बनाएका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ । ३०३६ मत गन्दा शेर बहादुर देउवाले १८४४ मत ल्याएका छन् भने डा. शेखर कोइरालाले ११९५ मत पाएका छन् ।