आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

संघीय संसदको दशौँ अधिवेशन आज सुरु हुँदै, यस्ता छन् कार्यसूची

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार ०९:४८ मा प्रकाशित (२ साल अघि) १४७ पाठक संख्या

काठमाडौँ – संघीय संसदको हिउँदे ९दशौँ० अधिवेशन आज (मंगलबार) सुरु हुँदैछ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्दैछ। दुबै बैठकमा सरकारले ल्याएका ६ अध्यादेश पेश गर्ने कार्यसूची छ ।
प्रतिनिधिसभा बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

त्यस्तै नेपाल प्रहरी, तेजाब तथा रासायनिक पदार्थको नियमन, सामाजिक सुरक्षा, रेल्वे, यौन हिंसा तथा फौजदारी कार्यबिधीसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । त्यसैगरी रेल्वे अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि बैठकमा पेश गर्ने कार्यसूची छ।

अघिल्लो अधिवेशन बिपक्षी दल नेकपा एमालेका कारण प्रभावित बनेको थियो । हिउँदे अधिवेशन पनि यथास्थीतिमा चल्न नदिने अडान एमालेले कायमै राखेको छ । आफूले कारबाही गरेका सांसदहरूलाई सभामुखले कारबाहीको सूची टाँस नगरेको भन्दै एमालेले संसद पुनर्स्थापनादेखि नै विरोध गर्दै आएको छ।