आज: १६ फाल्गुन २०८१, शुक्रबार | Fri, 28, Feb, 2025

१९९३ मत खस्यो, राति ९ बजेसम्म मतदान हुने

गोकर्णेश्वर खबर२७ मंसिर २०७८, सोमबार १९:१६ मा प्रकाशित (३ साल अघि) १०२ पाठक संख्या

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान राति ९ बजेसम्म हुने भएको छ । काठमाडौँमा जारी महाधिवेशन अन्तर्गत सोमबार दिउँसो साढे ११ बजेबाट मतदान सुरु भएको थियो । साँझ ५ बजेसम्म १९९३ मत खसेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। जम्मा मतदाता ४७४३ जना छन् । उनले राति ९ बजेसम्म मतदान गर्न पाइने तालिका बनाइएको बताए ।

एक सभापति, २ उपसभापति, १४ महामन्त्रीसहित १३४ पदको निर्वाचन हुने भए पनि दुईजना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएकाले १३२ पदका लागि साढे ४ सयभन्दा धेरै उम्मेदवार मैदानमा छन् ।

सभापतिमा ५ जना उम्मेदवार रहेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा। शेखर कोइराला र कल्याण गुरुङ सभापतिका उम्मेदवार छन् । यस्तै उपसभातिमा ६ जना र महामन्त्रीमा पनि ६ जना उम्मेदवार छन् ।

मतदान सकिए लगत्तै सभापतिको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याए सबैभन्दा धेरै मत ल्याउने दुईजना उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।