आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

बालुवाटारमा बंकरसहितको प्रधानमन्त्री निवास तयार

गोकर्णेश्वर खबर२७ मंसिर २०७८, सोमबार ०९:०७ मा प्रकाशित (२ साल अघि) १२७ पाठक संख्या

२७ मंसिर, काठमाडौं । प्रधानमन्त्रीका लागी बालुवाटारमा सुविधासम्पन्न निवास तयार भएको छ । नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ ।
सार्वजनिक प्रयोजनका लागि बनाइएको भवनको भुइँ तलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषदको आकस्मिक बैठक कक्ष, सञ्चार केन्द्र लगायतका कोठाहरु रहेका छन् ।

४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने छन् । नयाँ भवनमा बंकरसहितको विशेष सुरक्षा प्रवन्धको व्यवस्था छ ।

यो भवनको पहिलो तलामा मुख्य शयन कक्ष, परिवारका सदस्यका लागि अर्को शयन कक्ष, पारिवारिक कोठा, प्रधानमन्त्रीको अध्ययन कोठा, पूजा कोठा, होम थिएटर, लबी, जिम हल, बाल्कोनी लगायत छन् ।

दोस्रो तलामा अति विशिष्ट पाहुनाका लागि तीन वटा कोठा, विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षाकर्मी बस्ने कोठा, पाहुनाको सहयोगीका लागि कोठा, डाइनिङ, किचन र लबि लगायतका कोठाहरु छन् ।

पुरानो प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएको भन्दै त्यसलाई भत्काएर तीन–तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको छ । सार्वजनिक भवन अझै बन्ने क्रममै छ ।