काठमाडौं । एमालेको दशौँ महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय समिति बैठकबाट भएको कार्यविभाजनमा पार्टीभित्रको असन्तुष्टि थप फराकिलो भएको छ । पार्टी विभाजन हुँदा दशबुँदे सहमतिमार्फत पार्टीमा रहेका नेताहरूले दशौँ महाधिवेशनको बन्दसत्र हलमा पोखेको असन्तुष्टि दोस्रो केन्द्रीय समिति बैठकसम्म पुग्दा थप बल्झिएको हो । असन्तुष्ट नेताहरूले यसको प्रभाव प्रदेश र जिल्ला अधिवेशनमा देखिन सक्ने संकेत गरेका छन् ।
शनिबारबाट सुरु एमालेको दोस्रो केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी ओलीले एकलौटी कार्यविभाजन गरेको र त्यसले दशबुँदेमार्फत एमालेमा रहेका नेताहरूमाथि विभेद भएको आरोप लागेको छ । महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय समिति बैठकमा ओलीले पार्टीका निर्वाचित पदाधिकारीको वरीयता निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो र विभाग गठन गर्नुका साथै केन्द्रीय सदस्यसमेत मनोनीत गरेका छन् । अध्यक्ष ओलीले एकलौटी आफ्ना मान्छेलाई मात्रै जिम्मेवारी र वरीयतामा अगाडि राखेको र एकताका क्रममा पार्टीमा नै बसेका कार्यकर्ता र नेताहरूलाई विभेद गरेको आरोप दशबुँदे पक्षधरको छ । केन्द्रीय सदस्य झपट रावलले संसद् विघटनको घटनामा को कहाँ उभिएको थियो भन्ने आधारमा योग्यता र क्षमतालाई लत्याएर जिम्मेवारी दिइएको बताए । ‘अध्यक्षले कुनै आग्रह, पूर्वाग्रह र विभेद गर्नुहोला भन्ने सोचेका थिएनौँ । तर, छानीछानी विभेदपूर्ण ढंगले कार्यविभाजन गरिएको छ । योग्यता, क्षमता र अनुभवलाई छाडेर विगतमा (संसद् विघटनपछि कहाँ उभिएको थियो) भन्ने आधारमा जिम्मेवारी दिइएको छ,’ रावलले भने ।
पार्टी विभाजनपछि दशबुँदे सहमतिलाई कार्यान्वयन गरेर बाँकी रहेको एकतालाई मजबुत बनाउनुपर्ने धारणा राख्दै आएका नेतामाथि महाधिवेशनअघि नै विभेद भएको भन्दै असन्तुष्टिको आवाज उठ्दै आएको थियो । उक्त असन्तुष्टि पार्टीको दशौँ महाधिवेशनका क्रममा थप पेचिलो बनेर देखापरेको थियो । सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै ओलीले सुरुमा पेस गरिएको केन्द्रीय समितिको प्रस्तावमाथि नै भीम रावल, घनश्याम भुसाललगायत नेताहरूले प्रश्न उठाएका थिए ।
दोस्रो केन्द्रीय समिति बैठकमा ओलीले कार्यविभाजनसहित पेस गरेको प्रस्तावमाथि बैठकमा नै नेताहरूले प्रश्न उठाएका छन् । प्रश्न उठाउनेमा दशबुँदे गरेर पार्टीमा रहेका नेता मात्रै होइन, ओली खेमाकै मानिएका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसमेत छन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, योगेश भट्टराईलगायत नेताहरूले बैठकमा ओलीको प्रस्तावमाथि प्रश्न उठाए । उनीहरूले अध्यक्ष ओलीले प्रस्ताव तयार गर्दा पदाधिकारीसँग छलफल नभएको भन्दै आलोचना गरे । ‘अध्यक्ष कमरेडको प्रस्तावमाथि केही कमरेडहरूले छलफल नभएको भन्दै असन्तुष्टि जनाउनुभयो । विशेष गरी, युवराज ज्ञवाली, अष्टलक्ष्मी, पृथ्वीसुब्बा र योगेश कमरेडलगायतले आफ्ना विषयवस्तु राख्नुभएको थियो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘यसअघि पनि पार्टीभित्र छलफल गर्ने पद्धति नअपनाइएका कारण संकट आएको र पुनः त्यस्तै, प्रवृत्ति दोहोरिन थालेको भन्ने कमरेडहरूको धारणा थियो ।’
उपमहासचिव गुरुङले स्थायी कमिटी र पोलिटब्युरो चयनमा एकलौटी भएको भन्दै असन्तुष्टि पोखे । केन्द्रीय कमिटी बैठकमा ओलीले नाम प्रस्ताव गरेपछि उनले मापदण्ड नबनाएको र व्यक्तिगत निर्णय गर्दा दुई–तीन कार्यकाल काम गरेका नेताहरूसमेत पोलिटब्युरोमा छुटेको बताएका थिए । पार्टीमा कसरी नेतृत्वको विकास भइरहेको छ भन्ने देखिन थालेको भन्दै मापदण्ड नबनाउँदा यस्तै हुने धारणा राखे ।
यस्तै, सचिव भट्टराईले दशौँ महाविधेशनमा अध्यक्षमा पराजित भएका भीम रावललाई पनि पार्टीको जिम्मेवारीमा ल्याउनुपर्ने बताए । उनले रावललाई केन्द्रीय समितिमा मनोनीत गरेर पार्टीको स्थायी कमिटीमा ल्याउनुपर्ने धारणा राखेका थिए । स्थायी कमिटी र पोलिटब्युरो गठनमा एकलौटी निर्णय गरिएकोमा सबभन्दा बढी असन्तुष्टि देखिएको छ ।
तर, जवाफमा अध्यक्ष ओलीले सबैका आ–आफ्ना दृष्टिकोण हुने भन्दै सबैलाई समेट्न सम्भव नहुने बताएका थिए । ‘सबैका आ–आफ्ना दृष्टिकोण हुन्छन् । प्रक्रियाअनुसार जिम्मेवारीमा राखिएको छ । अब निर्वाचन जित्ने गरी आफ्नो कार्यक्षेत्रमा गएर काम गर्नुहोस् । चुनावमा एक नम्बर पार्टी बनाउने पार्टीको उद्देश्यलाई आत्मसात् गर्नुहोस,’ ओलीले बैठकमा राखेको विषय उद्धृत गर्दै सहभागी केन्द्रीय सदस्यले बताए ।
एमाले स्थायी कमिटी सदस्यहरू
पदाधिकारी वरीयताअनुसार – केपी शर्मा ओली, ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल
स्थायी कमिटी सदस्य – घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, डा. राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, डा. शिवमाया तुम्वाहाङ्फे, हिक्मत कार्की
पोलिटब्युरो सदस्य (पदाधिकारी र स्थायी कमिटीबाहेक)
देवी ज्ञवाली, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, आनन्द पोखरेल, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, जगत विक, लीला गिरी, बालकृष्ण ढुंगेल, कमल चौलागाईं, ईश्वरबहादुर रिजाल, विनोद श्रेष्ठ, जितु गौतम, रामदयाल मण्डल, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, दलबहादुर राना, खेममान खड्का, गोकुल घर्ती, टुकराज सिग्देल, लीलानाथ श्रेष्ठ, वैजनाथ चौधरी, सूर्य थापा, नारदमुनि राना, राजेन्द्र रावल, लीलबहादुर थापा मगर, सुशीला नेपाल, मना केसी, ज्वालाकुमारी साह, पार्वत गुरुङ, सुजीता शाक्य, मञ्जु चौधरी, मोहन बानियाँ, गणेश ठगुन्ना, अच्युत मैनाली, खिमलाल भट्टराई, ठाकुर गैरे, देवेन्द्र दाहाल, विशाल भट्टराई, दधिराम नेउपाने, रामेश्वर फुयाँल , गौरी ओली, निरुदेवी पाल, तिलक मेयाङ्बो , जुलीकुमारी महतो, विमला घिमिरे, गुलाबजंग शाह, शान्ता चौधरी, लीलाकुमारी भण्डारी, सीता गिरी वली, नरुलाल चौधरी, कृष्णबहादुर राई, लक्ष्मी पोखरेल
केन्द्रीय समितिमा मनोनीतहरू
दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञबहादुर बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रूपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, इन्दिरा गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सन्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राना, सविता यादव, तारादेवी गुरुङ, विषमलाल अधिकारी, रेशम लामा, दुर्गा प्रसाईं, गोविन्द दुवाल, सहदेव बोटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मा
विभाग
केपी ओली ः समग्र पार्टी, ईश्वर पोखरेल ः नीति अनुसन्धान प्रतिष्ठान, युवराज ज्ञवाली ः स्थानीय, तह प्रदेश र संघ, अष्टलक्ष्मी शाक्य ः राजनीतिक समन्वय, रामबहादुर थापा बादल ः राष्ट्रिय सुरक्षा, विष्णु पौडेल ः पार्टी संगठन अनुगमन, सुवास नेम्वाङ ः ससदीय अनुगमन, सुरेन्द्र पाण्डे ः राजकीय मामिलाको जिम्मेवारी, महासचिव ः समग्र पार्टी, प्रदीप ज्ञवाली ः स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङ ः प्रचार विभाग, विष्णु रिमाल ः आर्थिक लेखालगायत, योगेश भट्टराई ः स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख, खगराज अधिकारी ः संगठन विभाग, भीष्म अधिकारी ः कार्यालय सचिव, अमृतकुमार बोहोराः केन्द्रीय सल्लाहकार परिषद्
प्रदेश इन्चार्ज
प्रदेश १ इन्चार्ज ः स्थायी कमिटी सदस्य देवराज घिमिरे, प्रदेश २ इन्चार्ज ः सचिव रघुवीर महासेठ, बागमती प्रदेश इन्चार्ज ः स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, गण्डकी प्रदेश इन्चार्ज ः सचिव पद्मा अर्याल, लुम्बिनी प्रदेश इन्चार्ज ः सचिव छविलाल विश्वकर्मा, कर्णाली प्रदेश इन्चार्ज ः स्थायी कमिटी सदस्य यामलाल कँडेल र सुदूरपश्चि प्रदेश इन्चार्ज ः लेखराज भट्ट
प्रदेश पदाधिकारी
एमालेले सातवटै प्रदेश कमिटीमा पदाधिकारी चयन गरेको छ । प्रदेश १ मा अध्यक्षमा तुलसी न्यौपाने, उपाध्यक्षमा टीका चेम्जोङ, सचिवमा चिन्तन पाठक, उपसचिवमा धन तामाङ र शैलेश लामा, प्रदेश २ को अध्यक्षमा रामअवतार यादव, उपाध्यक्षमा रेवती पन्त, सचिवमा डा. कृष्ण पौडेल, उपसचिवमा फर्मुद नदाव र आरती भण्डारी चयन भएका छन् ।
बाग्मती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी, उपसचिवमा महेश बर्तौला र रत्न गुरूङ, गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मोहन रेग्मी, सचिवमा धनञ्जय दवाडी, उपसचिवमा मञ्जु अधिकारी र रश्मी आचार्य, लुम्बिनी प्रदेशमा अध्यक्षमा राधाकृष्ण कँडेल, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिवमा लक्ष्मण आचार्य, उपसचिवमा लीला राना र दुर्गा थारू चयन भएका छन् । कर्णाली प्रदेश अध्यक्ष विनोद शाह, उपाध्यक्षमा लालबहादुर महतारा, सचिवमा कमल शाही, उपसचिवमा रूपा शाही र टेकराज पछाई, सुदूरपश्चिम प्रदेशको अध्यक्ष दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचिवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भगिरथी विष्ट चयन भएका छन् ।