आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

पौडेल र सिटौलाले दिएनन् उम्मेदवारी,रामचन्द्रले शेखर र कृष्णप्रसादले देउवालाई गरे समर्थन

गोकर्णेश्वर खबर२५ मंसिर २०७८, शनिबार १८:५४ मा प्रकाशित (२ साल अघि) ३३८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै पदमा पनि उम्मेदवारी दिएनन् ।
शनिबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकामा उनीहरुले उम्मेदवारी दर्ता नगराएका हुन् । पौडेलले सभापतिमा शेखर कोइरालालाई समर्थन गरेका छन् भने सिटौलाले वर्तमान सभापति शेरबहादुर देउवालाई नै समर्थन गरेका छन् ।

पौडेलले शनिबार विज्ञप्ति जारी गरी १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने घोषणा गरेका थिए । महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चार माध्यमसँग कुराकानी गर्दै सिटौलाले पनि आफू पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताए । उनले सडकबाटै पार्टीलाई सहयोग गर्ने बताएका थिए ।