आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

उपत्यकासहित देशभर बढ्यो चिसो,काठमाडौंको तापक्रम ६.२ डिग्री

गोकर्णेश्वर खबर२४ मंसिर २०७८, शुक्रबार ०९:२९ मा प्रकाशित (२ साल अघि) ४६१ पाठक संख्या

काठमाडौं । देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

काठमाडौं उपत्यकासहित मुलकभर न्यूनतम तापक्रम घट्न थालेको छ। यो सँगै चिसो बढेको छ। शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ।

यस्तै जुम्लामा (३.७, जोमसोममा १ डिग्री सेल्सियस मापन गरिएको छ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

बिहान हुस्सु कुहिरो लाग्ने हुँदा पनि धेरै चिसो महसुस हुने महाशाखाले जनाएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन मौसम सफा रहने सम्भावना रहेको छ।

आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम आंशिक बद्ली हुने सम्भावना छ।