काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्ने बताएका छन् ।
कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबार शुरु हुँदैछ भने पर्सि उम्मेदवारी दर्ताको कार्यतालिका छ । तेस्रो धार दाबी गर्दै आएका सिटौला पनि सभापतिका आकांक्षी हुन्, तर उम्मेदवारी दिने नदिने निर्णयमा पुगिसकेका छैनन् ।
जिल्ला र प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहसँग सहकार्य गरेका उनले चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्ने बताए ।
बिहीबार आफ्नो पक्षका महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘म जहाँ उभिन्छु त्यहीबाट पार्टीमा एकताको अभियान शुरु हुन्छ । मेरो आफ्नोभन्दा पनि मसँग जोडिएका साथीहरुको संरक्षण मेरो प्राथमिकता हो ।’