काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली कांग्रेसका सांसद तथा प्रभावशाली नेता जिप छिरिङ लामाले उम्मेदवारी दिने भएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका लामा समाजसेवी तथा सफल व्यवसायी पनि हुन् ।
लामाले अब नेपाली कांग्रेसको नेतृत्वमा युवा पुस्ताको वर्चस्व हुनु पर्ने बताए । युवा पुस्ता नेतृत्वमा आए पार्टी बलियो हुने र अग्रजहरुलाई सम्मान गरेर पार्टीलाई बलियो र एकढिक्का बनाउनु पर्ने आवश्यकता रहेकोले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।