आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

बी.पी. संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

गोकर्णेश्वर खबर२३ मंसिर २०७८, बिहीबार ०९:४७ मा प्रकाशित (२ साल अघि) ६५३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बी.पी. कोईराला संग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष परशुराम पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । पोखरेलले खस आर्य समुहबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बी.पी.का प्रखर अनुयायी पोखरेल नेपाली कांग्रेसमा चिरपरिचित नाम हुन् । उनी काठमाडौं क्षेत्र नं. ३ का पूर्व सभापति पनि हुन् ।

बी.पी.कोईराला संग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष पोखरेलको संग्रहालय स्थापना, व्यवस्थापन तथा वीपीका सम्वन्धमा खोजमुलक कार्यहरुले नेपाली कांग्रेसको राजनीतिमा आफ्नो छुट्टै पहिचान रहेको छ ।

नेपाली कांग्रेसमा बी.पी.को विचारलाई व्यवहारमा कार्यान्वयनका लागि आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको पोखरेलले बताए ।