काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेस नेता मीनबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।
नेपाली कांग्रेसमा दोश्रो पुस्ताका प्रभावशाली नेता तथा प्रखरवक्ता विश्वकर्मा संस्थापन निकट मानिन्छन् ।
नेपाली कांग्रेसले आव्हान गरेका सबै राजनीतिक संघर्षको कार्यक्रममा अग्रपंक्तिमा रही कार्य गरेका विश्वकर्माले कांग्रेसको विधान अनुसार पार्टी संगठनलाई बलियो र समावेशी बनाउन सहमहामन्त्रीमा आफूले उम्मेदवारी दिएको बताएका छन् ।