आज: ६ बैशाख २०८२, शनिबार | Sat, 19, Apr, 2025

कांग्रेसको वागमति प्रदेश सदस्यमा नाति काजी कार्की (अजय) निर्वाचित

गोकर्णेश्वर खबर२२ मंसिर २०७८, बुधबार २१:२२ मा प्रकाशित (३ साल अघि) ६९६ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस वागमति प्रदेश सदस्यमा नाति काजी कार्की (अजय) निर्वाचित भएका छन् । उनले खुल्ला सदस्य तर्फबाट उम्मेदवारी दिएकामा ६८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

१५ जना निर्वाचित हुनु पर्नेमा कार्कीले १२ औं नम्बरमा पपुलर मत प्राप्त गरेका छन् । २०४६ साल देखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका कार्की समाजसेवाको क्षेत्रमा पनि सक्रिय रहेका छन् ।

गत स्थानीय, प्रदेश र केन्द्रीय चुनावमा बुथ सभापतिको रुपमा आफ्नो बुथमा पार्टीलाई जिताएको बताउँदै कार्कीले आसन्न तीनै तहको चुनावमा पार्टीलाई फराकिलो जनमत सहित जिताउन युवावर्गलाई एकताबद्ध बनाएर लैजाने सोचका साथ वागमति प्रदेश सदस्यको बलियो उम्मेदवारको रुपमा आफू अगाडी बढेको दावि गर्दै कार्कीले वागमति प्रदेश समितिमा जिताउन प्रतक्ष्य अप्रतक्ष्य सहयोग गर्ने सबैलाई धन्यवाद सहित हार्दिक आभार व्यक्त गरेका छन् ।