आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

महाधिवेशनपछि एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

गोकर्णेश्वर खबर२२ मंसिर २०७८, बुधबार २०:३८ मा प्रकाशित (२ साल अघि) ४३५ पाठक संख्या

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । १०औँ महाधिवेशनपछि पहिलो पटक एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

बैठक २५ र २६ मा भक्तपुरस्थित जर्मनहाउस हस्पिटालीटी गठ्ठाघरमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए ।

बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनय, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन र नेताहरुको कार्यविभाजन लगायतका १५ एजेण्डा रहेका छन्।