काठमाडौं । नेपाली कांग्रेस काभ्रेका युवा नेता गणेश लामाले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । अहिले उनी नेपाली कांग्रेसको राजनीतिमा जिल्ला, प्रदेश सबैतिर विशेष रुपमा सक्रिय भईरहेका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु अघि लामो समय देखि नेता कार्यकर्तासँग व्यापक भेटघाट र छलफल गरिरहेका लामाले पार्टी संगठनलाई जनस्तरमा बलियो बनाउँदै आसन्न तीनै तहको चुनावमा कांग्रेसलाई जिताउने गरी काम गरिरहेको बताए ।
उनले कोरोनाको कहरको समयमा जिल्लामा धेरै राहतका कामहरु गरेका छन् । जनतालाई आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री, औषधि, ग्यास लिएर जनताको घरदैलो, स्वास्थ्य चौकी र गाउँगाउँमा पुगेका थिए ।
राजनीति र समाजसेवाको माध्यमबाट जनताको मन जितेका लामाले कांग्रेस पार्टीलाई बलियो बनाउन राजनीतिमा युवा सहभागिता सुनिश्चित हुनु पर्नेमा जोड दिंए । उनले युवाहरुलाई एकताबद्ध बनाउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।