आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

बिहान ८ बजेबाट हुने भनिएको राप्रपाको मतदान अझै शुरु हुन सकेन

गोकर्णेश्वर खबर१८ मंसिर २०७८, शनिबार ११:२५ मा प्रकाशित (२ साल अघि) १३५ पाठक संख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएको मतदान प्रक्रिया उम्मेदवारको नाम रुजु भइरहेकाले सुरु हुन सकेको छैन ।
अहिले उम्मेदवारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको निर्वाचन अधिकृत ले बताएका छन् भनें मतदानमा ढिलाइ भएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित बनेका छन् ।
राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी, चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।
एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।
राप्रपाको चुनावमा विद्युतीय मेसिनबाट मतदान हुँदैछ । उम्मेदवारहरु शनिवार विहानैबाट मत माग्न व्यस्त रहेका छन् ।