काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को बुधबारबाट जारी एकता महाधिवेशनको बन्दसत्र आज समापन गर्दैछ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । समितिले बिहीबार राति मतदाता नामावली सार्वजनिक गरेको थियो ।
सार्वजनिक भएको कार्यतालिका अनुसार सुक्रबार बिहान १० बजेबाट नेतृत्व चयनका लागि उमेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । मतदान भोलि (शनिबार) हुनेछ ।
राप्रपाको जारी महाधिवेशनबाट नेतृत्त्वमा पुग्न कमल थापा समूह र राजेन्द्र लिङ्देन समूहबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ । दुबै समूहले आ–आफ्नो प्यानल बनाइएसकेका छन् ।