काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आफू विदेश भ्रमणमा गएका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् ।
प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहेका गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
खाँण कार्यवाहक प्रधानमन्त्री भएको पत्र राष्ट्रपति कार्यालयमा पुगिसकेको छ ।