आज: ८ बैशाख २०८२, सोमबार | Mon, 21, Apr, 2025

समाजवादी विधार्थी युनियनमा कुमार ढकाल र विश्वास थापा चयन

गोकर्णेश्वर खबर१२ आश्विन २०७८, मंगलवार २०:३२ मा प्रकाशित (३ साल अघि) २१३ पाठक संख्या

काठमाडौँ । गोरखा क्याम्पसमा समाजवादी विधार्थी युनियनद्धारा विधार्थी भेला प्रशिक्षण तथा माक्स वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

बुधवार कुमार ढकालको अध्यक्षतामा ३१ सदस्यीय मुल इकाई समिति गठन भएकोे छ । जसका उपाध्यक्ष सोनु वराम, सचिव नविन परियार रहेका छन । त्यस्तै सह–सचिव समिक्षा देवकोटा र रञ्जु खनाल, कोषाध्यक्ष अञ्जु वराम रहेको अध्यक्ष कुमार ढकालले वताए ।
त्यस्तै गरि विश्वास थापाको अध्यक्षतामा द्रब्यशाह बहुमुखी क्याम्पसमा पनि २५ सदस्यीय प्लस टु मुल इकाई समिति गठन भएकोे छ ।

जसको उपाध्यक्ष रविन वस्ताकोटी, सचिव संजोक गुरुङ, सहसचिव कृष्ण थापा, कोषाध्यक्ष आकृति भट्ट रहेको जिल्ला संयोजक मिलन न्यौपानेले वताए । बुधवार सम्पन्न भएको दुवै कार्यक्रममा प्रमुख अतिथि समाजवादी विधार्थी युनियनको केन्द्रिय सदस्य विशाल तिमिल्सिना, विशेष अतिथि जिल्ला संयोजक मिलन न्यौपाने, अतिथिहरु सुजन गर्ताैला, ज्योति कोइराला, नरेश वराम, सुमन परियार, भरत घले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।