आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

नौ सयले बढ्यो सुनको मूल्य

गोकर्णेश्वर खबर७ आश्विन २०७८, बिहीबार ०८:५९ मा प्रकाशित (३ साल अघि) १४० पाठक संख्या

काठमाडौं । नेपाली बजारमा बुधबार एकैदिन सुनको मूल्य प्रतितोला नौ सयले बढेको छ।

छापावाल सुन मंगलबार ८९ हजार दुई सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९० हजार एक सयमा कारोबार भएको छ।

बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० मा कारोबार भएको छ। तेजाबी सुन मङ्गलबार प्रतितोला ८८ हजार ७५० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा बुधबार प्रतितोला २५ रुपैयाँ बढेको छ । चाँदी मङ्गलबार प्रतितोला एक हजार १४० मा कारोबार भएको थियो। चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार १६५ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भएको थियो।