काठमाडौं । सुनको मूल्य स्थिर बनेको छ।
सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा सोही मूल्यमा आज मंगलबार पनि कारोबार भएको छ।
चाँदीको मूल्य पनि स्थिर बनेको छ।
सोमबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएकामा मंगलबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ।