आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

लोकतान्त्रिक समाजवादीको पक्षमा १४ सांसदको सनाखत

गोकर्णेश्वर खबर९ भाद्र २०७८, बुधबार १४:४२ मा प्रकाशित (३ साल अघि) १५५ पाठक संख्या

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादका क्रममा निर्वाचन आयोगको फैसलाबाट छुट्टिएको महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा १४ जना सांसदहरुले सनाखत गरेका छन्।

नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगले बोलाएपछि जसपाका नेता महन्थ ठाकुरको पक्षमा १४ जना सांसदहरुको सनाखत भएको हो।

ठाकुर समूहले आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि निवेदन दिएको थियो।

निवेदनअनुसार आयोगले उक्त समूहलाई बुधबार सनाखतका लागि बोलाएको थियो। लोसपा दर्ताका लागि भएको सनाखत कुल संख्याको ३७ प्रतिशत हो।

यस्तै कार्यकारिणी समितिमा १७ जनाको सनाखत भएको नेता शरतसिंह भण्डारीले जानकारी दिए। यो कुल संख्याको ३३ प्रतिशत हो।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर समूह नयाँ दल दर्ताका लागि आयोग गएको थियो।