आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

माधव नेपालसहितको टोली पुग्यो चन्द्रागिरि रिसोर्ट

गोकर्णेश्वर खबर७ भाद्र २०७८, सोमबार २१:०४ मा प्रकाशित (३ साल अघि) १४३ पाठक संख्या

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको विधान मस्यौदा, नयाँ पार्टी संरचना लगायत विषयमा छलफल गर्न अध्यक्ष माधवकुमार नेपालसहितको टोली चन्द्रागिरि रिसोर्ट पुगेको छ।

अन्तिममा रामकुमारी झाक्री र कृष्ण श्रेष्ठ (किसान) केबलकार चढेर पुगेका हुन्। अहिलेसम्म रिसोर्टमा ८० जना पुगिसकेका छन्। जसमा ३१ जना सांसद छन्।

अन्य सचिवालय, सुरक्षाकर्मी पनि छन्। सबै नेतालाई चन्द्रागिरि रिसोर्टमा राख्नेगरी जम्मा सय बेड बुकिङ गरिएको छ।

आज नयाँ पार्टीको विधानमा छलफल गरिने सांसद रामकुमारी झाक्रीले बताइन्।

९५ सदस्यीय नयाँ पार्टीको सनाखतको लागि निर्वाचन आयोगले बुधबार बिहान बोलाएको छ।

९५ जनालाई एकैपटक आयोगमा उपस्थित गराउने उद्देश्यले चन्द्रागिरि हिल्सको रिसोर्टमा नेताहरूलाई राख्न ल्याइएको चर्चा भइरहेको छ।