आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

मेलिना राई र निशान भट्टराईको स्वरमा रहेको ‘सालघारीमा’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

गोकर्णेश्वर खबर५ भाद्र २०७८, शनिबार २१:५८ मा प्रकाशित (३ साल अघि) ७१४ पाठक संख्या

काठमाडौं – चर्चित गायिका मेलिना राई र गायक निशान भट्टराईको आवाजमा “सालघारीमा” म्युजिक भिडियो सार्वजनिक भएको छ।

म्युजिक भिडियोमा मोडल अञ्जुली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफर भने आशिष राईले गरेका छन् । म्युजिक भिडियोको छायांकन दुर्गा बान्तावा राई, सह छायंकनमा मनोज राईले छायांकन गरेका हुन्। राजु कार्कीले एरेन्ज गरेका म्युजिक भिडियोको संगीत युवा संगीकार दिलीप कोयी राईले गरेका हुन्।

सार्वजनिक म्युजिक भिडियोको ऋगारमा सन्जु थलाङ, ड्रोनमा किरण रक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले वान पिस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको भिडियो जनता डिजिडल फ्लिम मार्फत बजारमा ल्याइएको हो। म्युजिक भिडियो प्राविधिक पक्षको सम्पूर्ण इडिटिङ र कलरिङ अमृत चापागाईले गरेका हुन्। छायांकन सि’काली फर्पिङ स्थित रमणीय सुन्दर क्षेत्र काठमाडौंमा गरिएको हो।

गीतकार राईका अनुसार सार्वजनिक म्युजिक भिडियो निर्माण गर्न मकाउमा रहनु हुने नेपाली समुदायको विशेष माया, सद्भाव र ठुलो सहयोग पाएको बताउदै आफुलाई सहयोग गर्नु हुने मकाउमा कार्यरत सहयोगी मानुभावहरु र मकाउमा गठीत विभिन्न संधसंस्थाहरुमा विशेष आभार प्रकट गरेका छन्।

गीतकार राईका अनुसार म्युजिक भिडियोका लागि मकाउका सफल युवा व्यबसायी हिमालयन हाउस मकाउका संचालक रुस्तम श्रेष्ठको मुख्य प्रायोजित रहेको बताए। त्यस्तै, नेपाली सहयोगी हातहरु मकाउ, गुरुङ “तमु” समाज मकाउ, किरात राई यायोक्खा मकाउ, मगर संध मकाउ, शेर्पा समाज मकाउ, नेपाल आदिबासी जनजाति महासंध मकाउ, मकाउ तामाङ घेदुङ एशोसियएसन मकाउ, किरात याक्थुम चुम्लुङ मकाउ, एन(होप ट्रेडिङ एण्ड ब्राण्ड लिमिटेट, महिला शक्ति समाज सुनसरी नेपाल र लगायतले विशेष सहयोग र सह प्रायोजक गरेको गीतकार राईले जानकारी दिए।

गीतकार सन्जिब कोयी राईको शब्द रचना रहेको म्युजिक भिडियो सन्जिब कोयी युटुव च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो। गीतकार राई लामो समयदेखि मकाउमा छन्। नया युटुव च्यानल भएपनि गीतकार राईले राम्रो सपोर्ट पाइरहेको बताए।