आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

एमाले विभाजनको भोलीपल्ट देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

गोकर्णेश्वर खबर३ भाद्र २०७८, बिहीबार १२:१० मा प्रकाशित (३ साल अघि) २५१ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

पूर्व प्रधानमन्त्री नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेको भोलिपल्ट तीन नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।