आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

एमालेको स्थायी कमिटी बैठक बस्दै

गोकर्णेश्वर खबर१ भाद्र २०७८, मंगलवार ०८:५० मा प्रकाशित (३ साल अघि) २६९ पाठक संख्या

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । आज मंगलबार बिहान ११ बजे बैठक बोलाइएको छ ।

सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

एमाले विभाजन वा एकताको निर्णायक मोडमा पुगेका बेला बोलाइएको यो बैठकलाई चासोपूर्वक हेरिएको छ । सोमबार राति अध्यक्ष ओलीले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै यो क्षम्य नहुने बताएका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले विज्ञप्ति जारी गरेका हुन् । साथै उनले एमाले एकताका लागि आह्वानसमेत गरेका छन् ।

आजै एमालेले संसदीय दलको बैठक पनि बस्दैछ । संसद अधिवेशन अन्त्य भए लगत्तै बोलाइएको यो बैठक नियमित भएको संसदीय दलका नेता प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।