आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

जनमतको उपहास गरेकै कारण ओली बालुवाटारबाट बालकोट पुगे : प्रकाशमान सिंह

गोकर्णेश्वर खबर२७ श्रावण २०७८, बुधबार १६:२९ मा प्रकाशित (३ साल अघि) २२४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सबैले विधिको शासन मान्नुपर्ने बताएका छन्।
विधि र कानुनभन्दा माथि कोही नहुने उनले बताए।

जनमत र विधि नमान्दा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुगेको उनको भनाइ छ।

ओलीले जनमतको उपहास गरेको आरोप पनि सिंहले लगाए।

आज भक्तपुरस्थित मध्यपुर नगरपालिका वडा नम्बर ३ को नवनिर्मित भवन उद्घाटन गर्दै सिंहले भने, ‘जनताको मत र विधिको शासनको उपहास गर्दा बालुवाटाबाट ओली बालकोट पुगेको कुराबाट पाठ सिक्नुपर्छ।’

जनप्रतिनिधिले जनता र मुलुकप्रति उत्तरदायी भएर काम गर्नुपर्ने पनि उनले बताए।