काठमाडौं । गएको २४ घण्टामा नेपालमा ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१६ हजार ५९४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
जसमा ६ हजार १४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ र १० हजार ४४५ जनाको पीसीआर गर्दा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा १ हजार ७८४ जना डिस्चार्ज भएका छन्।
आज २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ११५ पुगेको छ।
आज काठमाडौं उपत्यकामा ९३९ जनामा संक्रमण देखिएको छ। जसमा काठमाडौंमा ६२४, ललितपुर १६५ र भक्तपुर १७० रहेका छन्।
नेपालमा आज ३६ हजार २८८ जना सक्रिय संक्रमित रहेका छन्।
अहिलेसम्म १ लाख ४५ हजार ३० जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।