आज: २ बैशाख २०८२, मंगलवार | Tue, 15, Apr, 2025

इन्द्रबतीको बाढीले सडक बगाउँदा हेलम्बु राजमार्ग अवरुद्ध

गोकर्णेश्वर खबर२२ श्रावण २०७८, शुक्रबार १०:५० मा प्रकाशित (३ साल अघि) ३६६ पाठक संख्या

काठमाडौं । इन्द्रबती नदीको बाढीले कटान गर्दा सिन्धुपाल्चोकमा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ।

शुक्रबार बिहान ०६ः५० बजेदेखि नै यो सडकमा गाडी चल्न सकेका छैनन्।

मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलोस्थित फटकशिला ठाडो पहिरामा इन्द्रावती नदीले २० मिटर सडक कटान गरेको छ। सडक अवरुद्ध भएपछि मेलम्चीतर्फ जाने बाटो पूर्णरूपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

सहजताका लागि वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।

अहिले मेलम्चीबाट काठमाडौँ र काठमाडौँबाट मेलम्ची आएका यातायातका साधन र यात्रु बीच बाटोमै अलपत्र परेका स्थानीयवासी शालिग्राम घोरासैनीले जानकारी दिए। रासस