आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

गोकर्णेश्वर ४ सहयोगी मा वि मा आज एक दिनको लागि कोभिड विरुद्दको खोप संचालन हुने

गोकर्णेश्वर खबर१९ श्रावण २०७८, मंगलवार ०७:५६ मा प्रकाशित (३ साल अघि) ४७८ पाठक संख्या

काठमाडौँ, श्रावण १९। गोकर्णेश्वर नगरपालिकामा स्थगित भएको खोप अभियान आज श्रावण १९ गते मंगलबार एक दिनको लागि कोभिड विरुद्दको खोप संचालन हुने भएको छ।

आज एक दिनको लागि सहयोगी मा वि खोप केन्द्र गोकर्णेश्वर ४  गोकर्णमा   बिहान ११ बजे  देखि  अपरान्ह ४ बजे सम्म  संचालन हुने सार्वजनिक सुचना मार्फत जानकारी  गराइएको छ ।

सो खोप लिनको लागि आ आफ्नो वडाको वडा अध्यक्षहरु बाट कुपन लिएर मात्र खोप केन्द्रको लाइनमा बस्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।